बैंक प्रमुखहरुसँग व्यापारीले पोखे गुनासो

दैलेख : पछिल्ला दिनहरुमा व्यापार व्यवसायमा देखिएको गिरावटबाट दैलेख सदरमुकाम लगायत आसपासका व्यापारिहरु पलायन हुँदै गएका छन् । समस्यामा परेका व्यापारीहरुलाई थप सहयोग गरेर खस्किएको अवस्था सुधारका लागि बंैक तथा बित्तीय संस्थाहरुले सहयोग गर्नुपर्ने भन्दै दैलेखका व्यापारिहरुले दैलेखका सरकारी तथा निजी बैंक प्रमुखहरु समक्ष गुनासो पोखेका छन् ।
विपन्न कर्जा बास्तविक समस्या भएकालाई भन्दा पहुँचवालालाई गएको, बैंकमा राखेको पैसा नसोधेरै व्याज कटाउने काम भएको, व्याज एकरुपता नभएको, धितो र व्यापारीहरुको अवस्था विश्लेषण नगरेर, सुध्रने मौका नदिएरै लिलाम प्रक्रिया सुरु गरिएको र धितो फाईदामा गएको खण्डमा काठमाडौंबाटै लिलाम गर्ने र कमजोर भएको खण्डमा बिभिन्न बाहना बनाउने काम भएको भन्दै दैलेखका व्यापारीहरुले सबै काम निश्पक्ष रुपमा गरिदिन बैंक प्रमुखलाई आग्रह गरेका छन् ।
दैलेख उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लामो समयदेखि व्यापार गर्दै आएका जिल्लाका व्यापारीहरु, वर्तमान अध्यक्ष कुलबहादुर बिक लगायत पूर्व अध्यक्षहरुले सुझाव प्रदान गरेका थिए ।
अध्यक्ष कुलबहादुर बिकले पछिल्ला दिनहरुमा व्यापारीहरु बिभिन्न समस्यामा परेको, दैलेखको व्यापार व्यवसाय प्रर्वद्धनको सबैभन्दा महत्वपूर्ण सडक खण्ड दैलेख सदरमुकाम, महावु कालिकोट हुँदै जुम्ला जोड्ने सडकमा सरकारले पहिलो प्राथमिकता राख्न निजी क्षेत्रको तर्फबाट कडा रुपमा प्रस्तुत हुने भन्द्रै अहिले समस्यामा परेका दैलेखका व्यापरिहरुलाई करिव एक वर्षसम्म दैलेखका बैंकहरुले सहजता प्रदान गरिदिनुपर्ने र धिलो लिलाम गर्न नहुने लगायतका सुझावहरु दिएको जानकारी दिएका छन् ।
बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले बैंकहरुले जिल्लाका व्यापारीहरुको अधिकत हितमा काम गर्न आग्रह गरेका छन् ।
महासचिव प्रकाश पौडेलले विगतको भन्दा फरक तरिकाले दैलेख उद्योग वाणिज्य संघ अघि बढेकाले जिल्लाका समग्र समस्या समाधानमा उद्योग वाणिज्य संघले अगुवाई गरेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार